घरटहरा हटाउने पत्र आएपछि सुकुम्वासीको विचल्ली

घरटहरा हटाउने पत्र आएपछि सुकुम्वासीको विचल्ली

२६ असार ,विराटनगर ।

विराटनगर १ पोखरीयास्थित परोपकार घाट छेउमा लामो समयदेखि बसोबास गर्दै आएका ७ सुकुम्बासी परिवारले आफुहरुलाई घरजग्गाको उचित ब्यवस्थापन गरिदिन माग गरेका छन् ।

विराटनगर महानगरपालिकाले परोपकार घाट छेउमा अनाधिकृतरुपमा जग्गा अतिक्रमण गरि घर टहरा निर्माण गरेर बसेको भन्दै त्यहांबाट हटन असार २३ गते ७ दिने सुचना जारी गरेपछि उनिहरुले आफुहरुलाई अन्यत्र जग्गा उपलब्ध गराइदिन माग गरेका छन । परोपकार घाट जाने मोडको सडक छेउमा घर टहरा निर्माण गरेर बस्दै आएका सातै परिवारले बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि त्यस्तो माग राखेका हुन । पत्रकार सम्मेलनमा बोल्दै सो ठांउकी सुकुम्बासी ६५ बर्षिय हसिना खातुनले बर्षातको मौसममा घरटहरा हटाउने पत्र आएपछि आफुहरु समस्यामा परेको बताए । उनले त्यस ठांउमा आफुहरु ४० बर्ष अघिदेखि घरटहरा बनाएर बस्दै आएको बताउदै विकल्प दिएर मात्र आफुहरुलाई अन्यत्र सार्नुपर्ने माग गरे ।

सोहि ठांउका युवा हुसैन शेखले परोपकार घाट वरिपरि ८० सुकुम्बासी परिवारको बसोबास रहेपनि ७ परिवारलाई मात्र विस्थापित गर्न खोजिएको दाबी गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.