देशभर ठूलो वर्षाको सम्भावना

देशभर ठूलो वर्षाको सम्भावना

२६ असार, काठमाण्डौ ।

अबको तीनदिन देशका धेरै ठाउँमा वर्षासँगै बाढी पहिरोको जोखिम रहेको मौसमविदले बताएका छन । बुधबारजस्तै बिहीबार पनिबिहानैदेखि धेरैस्थानमा वर्षा भैरहेको छ ।

खासगरी चुरे क्षेत्रबाट बहने नदी नालामा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बेलुकीपछि पूर्वका कन्काई, सप्तकोशी, तमोर, दुधकोशी, सुनकोशी र कमलानदीमा बहाव उच्च हुने सम्भावना छ । पहिरोग्रस्त पहाडी क्षेत्र भएर बहने ससाना खोलामा पहिरो लेदो खस्न सक्ने पनि महाशाखाले जनाएको छ । तराईका होचा ठाउँहरुमा डुबानको सम्भावना भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । शुक्रबार र शनिबार पनि पूर्व र मध्य क्षेत्रमा बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

खोलानाला र पहिरोग्रस्त क्षेत्रमाउच्च सावधानी अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले अबको चौबीस घण्टामा केही ठाउँमा भारी वर्षाको सम्भावना भएकाले हवाई तथा सडक यातायात अवरुद्ध हुन सक्ने जनाएको छ ।

महाशाखाले देशभर मनसुनीवर्षा कायम रहने हुँदा बाढी, पहिरोसँगै सडक र हवाई यातायात अवरुद्ध हुन सक्ने जनाएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.