२६ असार, २०७६ ।
यासुदा ब्रान्डका विभिन्न सामानहरु खरिद गर्ने ग्राहक लक्की ड्रबाट बिजेता बनेका छन् ।
नयाँ वर्षको योजना अन्तर्गत चैत्र १५ देखि जेठ १५ सम्मया सुदा ब्रान्डका सामानहरु किन्ने ग्राहकहरु मध्य ३ जनालाई लक्की ड्र मार्फत बिजेता बनाइएको हो । नेपालमा यासुदाको ब्रान्डका सामानको अधिकृत ब्रिकेता त्रिवेणी ब्यापार कम्पनीले बिहिबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि सबै बिजेतालाई पुरस्कार वितरण गरेको छ । यासुदाका टिभी फ्रिज वासिंग मेसिनलगायतका सामान खरिद गर्ने देश भरिका ग्राहकमध्य ३ जनालाई गतअसार १७ गते बिजेता घोषणा गरिएको थियो । लक्की ड्र मार्फत सुर्खेतबाट सामान खरिद गर्ने कृष्णबहादुर बुद्धले प्रथम पुरस्कारको रुपमा सिङ्गापुर भ्रमण गर्ने टिकट पाएका छन् ।
यस्तै दोश्रो बिजेता दाँङको तुलशीपुरमा सामान किन्ने ललित ओलीले यासुदाको ६५ इन्चको फोर के टिभी हात पारेका छन् । यस्तै तेस्रो बिजेता पोखरामा सामान किन्ने ताहासिं थापाले यासुदाको एअरकन्डिसन जितेका छन् ।