प्रचण्डलाई बाँस्काेटाकाे चेतावनी- ‘हामी एउटै जहाजमा सवार छौं, कोही पनि उम्किन पाउने छैन’

प्रचण्डलाई बाँस्काेटाकाे चेतावनी- ‘हामी एउटै जहाजमा सवार छौं, कोही पनि उम्किन पाउने छैन’

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको एकताको जग कमजोर नभएको बताएका छन्।

पछिल्लो समय नेकपाभित्र आलोपालो सहमतिको विषयमा नेताहरुबीच गुटगत दुरी बढ्दै गएको र सो सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नमानेको तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल असन्तुष्ट रहेको खबरहरु आइरहेका बेला बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले जति नै आराधना गरे पनि नेकपा नफुट्ने दाबी गरे।

‘नेकपाको एकता देखेर साह्रै धेरै आराधना भो। जति आराधना गरे पनि नेकपा फुट्दैन। जब फुट्दैन भने अनि के भ्यागुत्ताको धार्नी पुग्दै पुग्दैन र अनि कहाँबाट अर्काे सरकार बन्छ? यता र उता दौडधुप किन?’ उनले प्रश्न गरे।

आलोपालो प्रधानमन्त्री र अध्यक्षको सहमति कार्यान्वयन नभएपछि पछिल्लो समय सरकारविरुद्ध सक्रिय देखिएका अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै मन्त्री बाँस्कोटाले पार्टी फुटाउन खोज्नेहरुले पनि छुट नपाउने चेतावनी समेत दिए। ‘हामी एउटै जहाजमा सवार छौं। कोही पनि उम्किन पाउने छैन’, उनले भने। ,याे खबर आजकाे राजधानी दैनिकमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.