२७ असार, काठमाडौँ ।
धरानस्थिन बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सहित दुईजना घूससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारको टोलीले बिहीबार उनी र डा.रामहरी रौनियारलाई प्रतिष्ठानको भवन निर्माणको ठेक्काको कमिसन बापत ८ लाख घूस बुझ्ने क्रममा घुस सहित पक्राउ गरेको हो ।
डा. रामहरी धरानमै एमबीबीएस सकेर एमडी अध्ययनरत रेसिडेन्ट डाक्टर रहेको बताइएको छ। उनी रौनियारका नातेदार समेत रहेको अख्तियार स्रोतले बतायो।धरानमा प्रतिष्ठानका लागि करिब एक करोड रुपैयाँको भवन निर्माण हुँदै गरेको अख्तियार स्रोतको भनाई छ। अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार उनीमाथि थप छानबिन भइरहेको छ ।