२७ असार, विराटनगर ।
मोरंगको कानेपोखरीस्थित गेउरिया खोलाले बगाउँदा एक ब्यक्ति बेपत्ता भएका छन् । कानेपोखरी २ स्थित सो खोलाले बगाउदा अन्दाजी २५ देखी ३० बर्षिय एक ब्यक्ति बेपत्ता भएपनि उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरंगका डिएसपी राजकुमार खिउजुले बताए ।
उनले बेपत्ता ब्यक्तिको खोजी कार्य जारी रहेको जानकारी दिए । मोरङमा हालसम्म १ सय ५० बढी घर बाढीबाट प्रभावित भएको उनले जानकारी दिए । उद्धार कार्यमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।