बाढीका कारण लोहन्द्रा खोलाको पुल जोखिममा

बाढीका कारण लोहन्द्रा खोलाको पुल जोखिममा

२७ असार, विराटनगर ।
अविरल बर्षापछि आएको बाढीका कारण विराटनगर–रंगेली सडक खण्डस्थित लोहन्द्रा खोला माथिको पुल जोखिममा परेको छ । खोलामा बाढी आएपछि आज बिहान सो पुलमाथिबाट पानी ओभरफ्लो भएको थियो ।

खोलाको जलस्तर बढ्नुका साथै बाढीले बगाएर ल्याएको झारहरु पुल मुनि अड्किएपछि पानी ओभरफ्लो भएको स्थानीयले बताएका छन् । बाढीले बगाएर ल्याएको झारहरुका कारण पुल मुनिको भाग थुनिने क्रम बढेपछि पुल बग्ने खतरा बढेको छ ।

पुल थुनिन नदिन एस्काभेटर प्रयोग गरेर सफा गरिंदै छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक कविन्द्र कार्कीको नेतृत्वमा पुगेको टोली र स्थानियबासीले संयुक्तरुपमा पुलमुनि अडकिएका झार हटाउन जुटेका छन् ।

मोरङको जहदा गांउपालिका–४ मा पर्ने सो पुल जीर्ण भएको भन्दै यसअघिदेखी नै स्थानियवासीले पुर्ण निर्माणको माग गर्दै आएका छन् । पुल जोखिमपुर्ण अवस्थामा रहेपनी आउजाउ भने रोकिएको छैन । सवारीसाधन र पैदलयात्रु समेत जोखिम मोलेरै पुल आरपार गरिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.