२७ असार, विराटनगर ।
अविरल बर्षाका कारण आएको बाढीले कोशी राजमार्ग अन्तर्गत सुनसरी र मोरङ जोड्ने दुहबीको बुढीखोलाको पुल उच्च जोखिममा रहेको छ । बाढीका कारण पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो ।
राजमार्ग सडक खण्डको ड्रेन र सडक समेत भासिएको प्रहरीले जनाएको छ । प्रहरीले उक्त सडक खण्डमा साबधानी अपनाउदै सवारी अवागमन खुलाएको छ ।
