गुडिरहेको स्कुल बसमाथि रुख खस्दा…

गुडिरहेको स्कुल बसमाथि रुख खस्दा…

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरोलमा गुडिरहेको स्कुल बसमाथि रुख खसेको छ । शुक्लाफाँटा नगरपालिकाको झलारीमा रहेको अनिरुद्र मावीको गुडीरहेको बसमाथि रुख खसेको हो ।

सिमलफाँटातिर विद्यार्थी छोड्न गइरहेका बेला रूख बसमाथि खसेको कञ्चनपुर प्रहरीले जनाएको छ । बसमाथि रुख खस्दा बसमा सवार २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बसमाथि रुख खसेपनि सबै विद्यार्थी सकुशल रहेका छन् ।

घाइते भएका विद्यार्थीको उपचार भइरहेको शुक्लाफाँटा नगरपालिका–१ का वडा सदस्य परमानन्द जोशीले जनाएका छन् ।, यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.