२८ असार, बर्दिवास ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकास्थित भप्सी पुल बाढीले बगाएको छ । अविरल वर्षापछि आएको बाढीले पुलको बीच भाग नै भत्किएपछि आवत–जावत ठप्प छ ।
पुल बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । पुल भत्किएपछि बर्दिवास नगरपालिका ५ सशस्त्र प्रहरीको माइस्थान चेकपोष्टतर्फ र रातुखोलातर्फ सयौं गाडीहरु रोकिएका छन् ।
रातिदेखि नै यात्रुहरु सडकमा अलपत्र छन् भने कतिपय यात्रुहरु भने जोखिम मोलेर खोलाको बाढी तरेर वारपार गर्न बाध्य छन् ।