प्रदेश १ मा बाढी पहिरोमा परी ९ जनाको मृत्यु, ४ जना बेपत्ता

प्रदेश १ मा बाढी पहिरोमा परी ९ जनाको मृत्यु, ४ जना बेपत्ता

२८ असार, विराटनगर ।
लगातारको वर्षाका कारण प्रदेश १ मा नौ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

वर्षाका कारण भोजपुरमा २ जना र खोटाङमा ३ जनाको ज्यान गएको छ भने ओखलढुङ्गा, झापा, इलाम र सुनसरीमा एक–एक जनाको ज्यान गएको एक नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै अविरल वर्षापछिको बाढी पहिराको कारण पाँचथर, झापा, सुनसरी र मोरङमा एक– जना बेपत्ता भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.