वर्षा रोकिएसँगै सिंघीया खोलाको जलस्तर घट्यो

वर्षा रोकिएसँगै सिंघीया खोलाको जलस्तर घट्यो

२८ असार, विराटनगर ।

विराटनगरस्थित सिंघीया खोलाको जलस्तर घटेको छ । एकसाता यता लगातार भएको बर्षाको पानीका कारण खोलाको जलस्तर बढ्दै गएर बाढीको रुप लिएको थियो ।

बिहीबार बिहानबाट बढ्दै गएको खोलाको जलस्तर सांझ सम्म बाढीकोरुप लिएको थियो । बिहीबारदेखि बढेको खोलाको जलस्तर शुक्रबार सांझ ५ बजेबाट घटदै गएको छ । अहिलेपनि खोलामा बाढी रहेपनि खोला किनारका सुकुम्बासी बस्तीमा पसेको पानी निस्किएको छ ।

बस्तीबाट पानी निस्किएपनि सुकुम्बासीहरु भने घर फर्किन सकेका छैनन् । बादल लागि रहेकाका कारण फेरी पनि पानी पर्ने सम्भावना रहेकाले खोलामा बाढी आउने आशंकामा सुकुम्बासीहरु घर फर्किन नसकेका हुुन् । बाढीको पानी निस्किएपछि कयौ सुकुम्बासी परिवारका घरहरु भत्किएका छन् ।

माटोबाट लिपपोत गरेर बनाइएका कच्ची घरहरु भत्किएका हुन् । बाढी आएको बेला घरभित्रका सामान निकाल्न नभ्याएका कारण घर भित्रका अधिकांश सरसामान बगेर गएको पीडितहरुले जानकारी दिएका छन् । बाढी पीडितहरु खोला किनारको डिलमा पाल टांगेर बसेका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.