२८ असार, विराटनगर ।
लोहन्द्रा खोलामा आएको बाढीले बगाउँदा कटहरी–४ का एक ब्यक्ति बेपत्ता भएका छन् ।
कटहरी–४ फुलटोल मदुराका ५० बर्षिय सोभा सोरेन लोहन्द्रा खोलाले बगाउदा बेपत्ता भएका हुन् । बजारबाट किनमेल गरेर घर फर्किँदै गरेका उनी खुट्टा चिप्लिएर लोहन्द्रा खोलामा झरेको स्थानिय बिनोद सिंहले जानकारी दिए ।
बेपत्ता ब्यक्तिको खोजतलास शुरु गरिएको कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामतले जानकारी दिए । सो घटना आज दिउँसो साढे १२ बजे भएको जनाइएको छ ।