२८ असार, विराटनगर ।
लगातार पारेको पानीका कारण विहार जलमग्न भएपछि भारतले सप्तकोसीका ढोका बन्द गर्न दबाब दिएको छ । बिहार जलमग्न भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले बताए।
पानीको वहाव बढेपछि अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन्। कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालका अनुसार एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मानिन्छ । आज भने अपराह्न २ बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको छ ।
वर्षा निरन्तर जारी रहेकाले सप्तकोसीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ।