२८ असार, काठमाडौं । बाढीबाट मृत्यु हुनेहरुको संख्या ३० पुग्यो विगत तीन दिनदेखि परेको वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ। १८ जना बेपत्ता छन् भने १२ जना घाइते छन्।
नेपाल प्रहरीका अनुसार बिहीबारदेखि निरन्तर परेको वर्षापछिको बाढी, पहिरोमा परेका एक सय ३३ जनाको सकुशल उद्धार गरिएको छ। बाढी, पहिरो गएका जोखिमयुक्त स्थानमा उद्धारका लागि २७ हजार आठ सय ३० जना प्रहरी परिचालन गरिएको छ।
वर्षा अझै कायम रहने मौसमविद्ले जनाएअनुसार यात्रामा निस्कनु अघि सडकको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै गन्तव्यका लागि प्रस्थान गर्न प्रहरीले आग्रह गरेको छ।
[addthis tool="addthis_inline_share_toolbox_jbtm"]