२८ असार, विराटनगर । प्रदेश न ं१ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल बर्षा र त्यसले पुर्याएको जनधनको क्षति प्रति दुख प्रकट गरेका छन् ।
शनिवार प्रेस विज्ञप्ति जारी गर्दै बर्षा र पहिरोले ज्यान गुमाएका , वेपत्ता भएका र घरवारविहिन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउदै सहयोग गर्न सवैपक्षसँग अपिल गरेका छन् । बाढी , पहिरोले प्रदेश न .१ उच्च जोखिममा परेको बताउदै उनले विज्ञप्तिमा पिडित परिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुटन आग्रह सवैपक्षसँग गरेका छन्।
पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुवानले प्रभावित भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका सबैमा उच्च सर्तकर्ता अपनाउन पनि उनले सुझाव दिएका छन् ।