२९ असार, उदयपुर ।
उदयपुर चौदण्डिगढि नगरपालिका–४ बस्ने ३५ बर्षीय मनकुमार तामाङको खोलाले बगाएर मृत्यु भएको छ । शनिबार बिहान साढे १० बजे सोहि स्थानमा रहेको लामाखोला र कालिखोलाको दोभानमा आफुले पालेको कुकुरलाई खोलाले बगाउन लाग्दा कुकुर लाई बचाउन जाँदा आफैँ बगेर बेपत्ता भएका थिए ।
बेपत्ता भएका तामाङको खोजतलासका क्रममा आईतबार बिहान साढे १० बजेको समयमा १ किलोमिटरको दुरीमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।