प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव

प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव

३० असार, काठमाडौँ ।
सत्तारुढ उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपालले प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेको छ ।  समाजवादी पार्टी, नेपालका नेता रामसहाय यादवले नेपाल प्रहरीको भन्दा प्रदेश प्रहरीको पोशाक छुट्टै हुनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।

आईतबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले संघीयताको मर्म अनुसार पनि प्रदेश प्रहरीको पोशाक नेपाल प्रहरीको भन्दा छुट्टै हुनुपर्ने तर्क समेत गरे ।

नेता यादवले प्रदेशको कानुन अनुसार नचल्ने प्रदेश प्रहरीलाई कार्वाही गर्ने व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गरे ।नेता यादवले सबै प्रदेशका प्रहरीहरुको भने एउटै पोशाकको व्यवस्था गर्न उपयुक्त हुने सुझाव पनि सरकारलाई दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.