बुधबारदेखि १३ प्रतिशत महँगाे बन्दै छ इन्टरनेट

बुधबारदेखि १३ प्रतिशत महँगाे बन्दै छ इन्टरनेट

काठमाडौं : बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार शुल्क (टीएससी) लाग्ने भएको छ। संघीय संसदबाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कबापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्ककाे भार बढ्ने भएको हाे।

यसअघि इन्टरनेटमा टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विधेयकले १३ प्रतिशतको अतिरिक्त भार थपिदिएको छ। चालु वर्षको आर्थि विधेयकमै टीएससी व्यवस्था गरिएको थियो।, याे समाचार आजकाे कारोबार दैनिकमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.