नहरमा डुबेका बालकको मृत्यु

नहरमा डुबेका बालकको मृत्यु

३० असार, इटहरी ।
सुनसरीको हरिनगरा गाउँपालिका–२ का अकबल मियाका १२ बर्र्षीय छोरा तोसिब मियाको नहरमा डुबेर मृत्यु भएको छ । तोसिब आइतवार दिउँसो सवा ३ बजेको समयमा भुटाहा–सिसुवाधरमपुर सडकखण्डमा पर्ने नहरमा चिप्लिएर पानीमा डुब्दा घाईते भएका थिए ।

मियालाई प्रहरी चौकी भुटाहाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएकोमा उपचारकै क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.