संचारमन्त्री भन्छन् : एउटै संस्थाले रेडियो, टिभीमा लगानी गर्न मिल्दैन

संचारमन्त्री भन्छन् : एउटै संस्थाले रेडियो, टिभीमा लगानी गर्न मिल्दैन

३० असार, काठमाडौँ ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा विदेशी लगानी स्विकार्य नहुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सरकारले संचार माध्याममा विदेशी लगानी स्विकार गर्नै नसकिने प्रष्टयाएका हुन् ।

सोमबार काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एउटै संचार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी पनि दिए । उनले संचार माध्यामहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए ।

केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही संचार माध्यामबाट आउन थालेकोमा मन्त्री बास्कोटाको आपत्ति छ । मन्त्री बास्कोटाले श्रमजीवि पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यामलाई कार्वाही हुने पनि बताए । उनले संचार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.