जोगबनीमै रोकिए मालबाहक साधन

जोगबनीमै रोकिए मालबाहक साधन

विराटनगर : लामो वर्षापछिको बाढीले भारत अररिया जिल्लाको जोगवनीस्थित मिरगञ्जमा रहेको पुलको जोखि अवस्था देखाउँदै भारतले शनिबार बेलुकादेखि मालबाहक साधन नेपाल पठाउन रोक लगाएको छ ।

भारततर्फबाट मालबाहक साधन नेपाल नभित्रिँदा नेपालतर्फका उद्योगमा कच्चा पदार्थको अभाव हुनुका साथै विराटनगर भन्सार कार्यालयको राजस्व संकलन प्रभावित हुने देखिएको छ । अररिया जिल्लाका अनुमण्डल अधिकारी रवि प्रकाशले मिरगञ्जको पुल जोखिममा रहेको जनाउँदै अनिश्चित कालका लागि मालबाहक साधनमा रोक लगाईएको सुचना जारी गरेका छन् ।

विराटनगर भन्सारका सुचना अधिकारी मणिराम पौडेलका अनुसार, दैनिक ३ सय ५० को संख्यामा माल सामान बोकेर आउने साधन आईतबार र सोमबार एउटैपनि आएनन् । ‘भारततर्फबाट गाडी नछाडेको बारे भन्सार विभागलाई जानकारी गराएका छौँ ’ पौडेलले भने ‘ दैनिक १५ करोड रुपैँया राजस्व संकलन हुने यस कार्यालयमा एक, दुई दिनमा राजस्व शुन्यमा झर्न सक्छ ।’, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.