वैदेशिक रोजगारीमा जाने ३८.६ प्रतिशतले घटे

वैदेशिक रोजगारीमा जाने ३८.६ प्रतिशतले घटे

काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ह्वात्तै घटेको छ। आर्थिक वर्ष २०७४/७५ को पहिलो १० महिनाको तुलनामा चालु आवको सोही अवधि (साउनदेखि वैशाख) सम्म वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ३८ दशमलव ६ प्रतिशतले घटेको हो। दक्षिण कोरिया र मलेसिया जाने कामदार सबैभन्दा धेरै घटेका छन्। मलेसिया जाने कामदारको संख्या गत वर्षको तुलनामा ९४.६ प्रतिशत घटेको छ । चालु आवको पहिलो १० महिनामा पाँच हजार तीन सय ५३ जना मात्र मलेसिया गएका छन्।

नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियामा गत वर्ष ९९ हजार दुई सय ३६ कामदार रोजगारीका लागि गएका थिए । मलेसियासँग श्रम सम्झौता गरी व्यवस्थितरूपमा कामदार पठाउने भने पनि भिसा प्रोसेसिङ तथा स्वास्थ्य जाँच गर्ने कम्पनीको निक्र्यौल हुन नसक्दा १३ महिनादेखि कामदारले मलेसियाका लागि प्रक्रिया अघि बढाउन पाएका छैनन्। नवीकरण भएका र पहिले नै भिसा प्राप्त गरिसकेका मात्र मलेसिया रोजगारीमा गएका हुन्।

दक्षिण कोरिया जाने कामदारको संख्या भने चालु आवको अन्तिम महिनामा सुधार भएको ईपीएस कोरिया शाखाले जनाएको छ । कोरिया जाने कामदारको संख्यामा गत वर्षभन्दा सुधार भएको छ। तर, मलेसियाको रोजगारी भने अनिश्चिततामै चालु आव गुज्रेको छ । चालु आवमा नेपालीको प्रमुख रोजगारी गन्तव्यमा कतार, संयुक्त अरब इमिरेट्स (यूएई) तथा साउदी अरब रहेका छन् ।, याे समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.