बाढीले बगाएर बालकको मृत्यु

बाढीले बगाएर बालकको मृत्यु

३१ असार,उदयपुर ।
उदयपुरको रौतामाई नगरपालिका–७ का १४ बर्षीय बालकको बाढीले बगाएर मृत्यु भएको छ । सोमवार राती १० बजेको समयमा छाउरे खोलामा अचानक बाढी आएर घरमा सुतिरहेका आमा सुनिता तामाङ र छोरा आर्यन तामाङलाई बगाएको थियो ।

प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा आमालाई जिवितै उद्धार गरिएको थियो भने छोरा आर्यन बाढीले बगाएर बेपत्ता भएका थिए । आर्यनलाई खोजतलास गर्ने क्रममा मंगलबार बिहान ८ बजे त्रियुगा खोलाको किरानामा मृत अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.