सरकारको कर नीतिको विरोधमा विराटनगरमा प्रदर्शन

सरकारको कर नीतिको विरोधमा विराटनगरमा प्रदर्शन

३१ असार, विराटनगर ।
साउन १ गतेदेखि लागु हुने गरी नेपाल सरकारको कर नीति कार्यान्वयनमा असहमति जनाउँदै विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । कर नीतिको विरोधमा विराटनगरका विभिन्न व्यापारिक संघहरुले मंगलबार प्रदर्शन गरेका छन्।

विराट व्यापार संघको आयोजनामा गरिएको विरोध ¥यालीमा विराटनगर ट्रक व्यवसायी संघ, मोरङ चेम्बर अफ कमर्श, घरेलु तथा साना उद्योग महासंघ, विराटनगर हार्डवयेर संघ लगायत १३ वटा संघहरुको उपस्थिती रहेको थियो । ¥यालीमा सहभागीहरुले ढुवानीमा लगाईएको भ्याट खारेज गर, बैंकको ब्याजदर ७ देखि ९ प्रतिशत कायम गर, अब्यहारिक‘भि.सि.टि.एस.’ खारेज गर लगायतका नारा लेखिएका प्ले कार्डहरु बोकेका थिए ।

साउन १ गतेदेखि सञ्चालनमा आउने ‘ वेभमा आधारित ढुवानी प्रणाली’ अव्यवहारिक रहेको ब्यवसायीहरुको ठहर छ । साथै बैंकको व्याजदर७ देिख ९ प्रतिशत कायम गर्नुपर्ने, ढुवानीकर्तालाई लगाईएको १३ प्रतिशत कर खारेज गर्नुपर्र्ने, ज्यालादारी कामदारमाथि लगाईएको पान नंम्बरको अनिबार्यता खारेज गर्नुपर्ने, बैंक खातामार्फत पारिश्रमिक भुक्तानी गर्ने प्रावधान खारेज गर्नुपर्ने, जनतासँग प्रत्यक्ष सरोकार राख्ने खाद्यान्नमा लगाईएको मुल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने, सामाजिक सुरक्षा कोषको प्रावधान परिमार्जन गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.