एजेन्सी, असार ३१
लामो समयदेखि चर्चामा रहेको ‘बाहुबली’ फेम्ड अभिनेता प्रभासको एक्सनले भरपूर फिल्म ‘साहो’ १५ अगस्टमा रिलिज हुँदैछ । फिल्मको टीजर, पोस्टर्स र फस्र्ट सङ ‘साइको सैयाँ’ रिलिज भइसकेको छ । यो फिल्मलाई वर्षको सबैभन्दा ठूलो एक्सन इन्टरटेनर फिल्म बनाउनका लागि निर्माताहरुले ठुलो धनराशी खर्च गरेका छन् ।
जानकारी अनुसार हालै खिचिएको फिल्मको ८ मिनेट लामो एक्सन सिनमा ७० करोड भारतीय रुपैयाँ खर्च भएको छ । यो फिल्मले इतिहास रच्ने दाबी गर्दै ‘साहो’ का छायाँकार मधिएले अबूधाबीमा खिचिएको ८ मिनेटको सिनमा निर्माताले ७० करोड खर्च गरेको बताए ।
एक सिंगल सिक्वेन्सका लागि करोडौं खर्च गर्ने निकै कम मेकर्स हुन्छन् । ‘साहो’ को एक्सन सिनलाई केनी बेट्सले निर्देशन गरेका छन् । फिल्मको ९० प्रतिशत फाइट सिन रियल हो । फिल्ममा बलिउड अभिनेत्री श्रद्धा कपूर पुलिसको भूमिकामा छिन् ।
सुजिथ निर्देशित ‘साहो’ मा मन्दिरा बेदी, नील नितिन मुकेश, ज्याकी श्राफ, चंकी पाण्डेको पनि प्रमुख भूमिका छ । हिन्दी, तमिल र तेलुगू भाषामा पनि यो फिल्म रिलिज हुनेछ ।









