असार ३१, मोरङ ।
मोरङको पथरीशनिशचरे नगरपालिका—६ मा पैनीमा डुबेर १ बालिकाको मृत्यु भएको छ भने १ जना बालिका बेपत्ता भएकी छन् ।
मंगबलार दिउँसो पौने १ बजेको समयमा पथरी शनिशचरे नगरपालिका—६ का राजिव तामाङको ११ बर्षीया छोरी सृजना तामाङ र इलाम दानावारी ९ घर भई राजिव तामाङको घरमा बस्दै आएकी कृष्ण तामाङको ८ बर्षीया छोरी प्रिति तामाङ साइकलमा सुनबर्र्सी नगरपालिकामा रहेकी आफ्नी फुपुको घर जाने क्रममा सुनवर्सी नगरपालिका—२ मा रहेको कलभर्टबाट लडेर पैनीमा खस्दा दुवै जना बेपत्ता भएका थिए ।
बेपत्ता भएको खबर प्राप्त भएसंगै प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास गर्ने क्रममा कल्भर्ट देखि करिव १ सय मिटरको दुरीमा प्रिति तामाङको शव फेला परेको छ भने अर्की बालिकाको खोजतलास भईरहेको जिल्लला प्रहरी कार्यालय मोरङले जनाएको छ ।