३ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

३ थान भरुवा बन्दुक सहित २ जना पक्राउ

३१ असार, इलाम ।

इलाम नगरपलिका —३ बाट प्रहरीले ३ थान भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।

उक्त स्थानमा हतियारधारी समूहबाट शंकास्पद गतिबिधी भईरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले सन्दकपुर गाउँपालिका —१ का ३५ बर्षीय रामकुमार राई र २७ बर्षीय कुमार फागो लिम्बुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय इलाममा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.