३१ असार, काठमाडौं ।
आगामी भदौको अन्तिम साता ‘डोल्पो महोत्सव ’आयोजना हुने भएको छ ।
डोल्पो महोत्सवमूल आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी भदौंको २४ गतेदेखि २८ गतेसम्म सो महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो । डोल्पाको आर्थिक तथा सामाजिक क्षेत्रको विकास गर्ने उद्देश्यका साथ सो महोत्सव आयोजना गर्न लागिएको समितिका संयोजक ग्याल्पो थापाभोटेले जानकारी दिए । डोल्पास्थित डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र भागमा रहेको क्रिस्टल माउन्टेन विद्यालयको प्राङगनमा सो महोत्सव आयोजना हुनेछ ।
समितिले सो महोत्सवले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउनपनि सहयोग पु¥याउने विश्वास लिएको छ । डोल्पाको पर्यटन प्रवद्र्धनमापनि सो महोत्सवले उल्लेख्य योगदान पु¥याउने अपेक्षा पनि गरिएको संयोजक भोटेले बताए ।