करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

१ साउन, विराटनगर ।
मोरङको सुन्दरहरैचा नगरपालिका–५ जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० बर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलवार अपरान्ह साढे ५ बजेको समयमा गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको होडिङ्बोर्ड बिग्रिएर मर्मत गर्न गएका उनको होडिङमा मर्मत गर्ने क्रममा करेन्ट लागेर घाईते भएका थिए ।

घाईते कार्कीलाई उपचारको लागि बिराट नर्सीङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारकै क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै, सुनसरीको ईनरुवा नगरपालिका–८ का १९ बर्षीय अजय मेहेताको पनि करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार साँझ साँढे ७ बजे आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर घाईते भएका मेहेताको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.