शिल्पा पोख्रेल भन्छिन्– उनकै कुरा हुन्छ (भिडियो)

शिल्पा पोख्रेल भन्छिन्– उनकै कुरा हुन्छ (भिडियो)

१ साउन, काठमाडौँ ।

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलबीच विवादको बिषय पछिल्लो समय मिडियामा मसला बनेको छ । घरेलु हिंसाबाट सुरु भएको विवाद डिभोर्ससम्म पुग्ने चर्चा छ ।

यसैबीचमा अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोल रहेको गीतको भ्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी)बनेका छन् । राजकुमार बगरको शब्द संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ ।

भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.