१ साउन, विराटनगर ।
उच्च अदालत विराटनगरले न्यायपालिकाको पञ्चबर्षीय रणनीतिक योजनाको बारेमा जानकारी गराएको छ ।
उच्च अदालत विराटनगरले न्यायपालिकाको पञ्चबर्षीय रणनीतिक योजना( २०७६–२०८१)को बारेमा जानकारी गराएको हो । अदालतले बुधबार आफ्नै भवनमा कार्यक्रमको आयोजना गर्दै पञ्चबर्षीय रणनीतिक योजनाको बारेमा जानकारी गराएको हो ।
कार्यक्रममा ५ बर्षे रणनीतिक योजनाको बारेमा जानकारी गराउँदै न्यायाधीश कृष्णमुरारी शिवाकोटीले छिटो, छरितो र गुणस्तरीय न्याय सम्पादन, न्यायमा पहुँच अभिवृद्धि गर्न विशेष जोड दिइएको बताए । समग्र मुद्दा तथा रिट निवेदन वार्षिक लगतको कम्तीमा ५० प्रतिशत फछ्र्यौट गर्ने, मुद्दा दर्ता भएदेखि १८ महिनासम्ममा फस्र्यौट गर्ने उनले बताए ।
यस्तै देवानी मुद्दाको फैसला कार्यान्वयन पक्षहरु अदालतमा हाजिर भएको मितिले ६ महिनाभित्र फछयौट गर्ने अदालतले दाबी गरेको छ । न्यायपालिकाको पञ्चबर्षीय रणनीतिक योजना आजबाट लागू भएको छ ।