हावाहुरी पीडितले अझै राहत रकम पाएनन्

हावाहुरी पीडितले अझै राहत रकम पाएनन्

धनगढी : प्रदेश सरकार र स्थानीय तहले घोषणा गरेको राहत रकम हावाहुरी पीडितले अझै पाउन सकेका छैनन्। जेठ तेस्रो साता आएको हावाहुरीले धनगढी उपमहानगरका २ हजार २ सय ५० परिवारको घरमा क्षति पुगेको थियो।

‘हुरी आएको तेस्रो दिन वडा कार्यालयबाट स्थानीयले क्षतिको विवरण संकलन गरेका हुन्’ धनगढी उपमहानगरपनलिका ७ मनेहरा मुक्त कमैया शिविरकी शान्ति चौधरीले भनिन्, ‘छिटै राहत पाइन्छ भन्थे, अहिलेसम्म कोही फर्केनन्।’

उनले अधिकांश घरमा हुरीबतासले छाना उडाएको बताइन्। ‘राहतको आश्वासन पाएकाले केही दिन कुरेर बस्यौं, तर कसैले सुनुवाइ नगरेपछि ऋण गरेरै मर्मत गर्‍यौं,’ उनले भनिन्।

छानो छाउने पैसा नभएपछि राहतको आसमा केही दिन खुला आकाशै गुजारेको उनको परिवारले पछि ऋण लिएर छानो छाए।आफन्तबाट सापटी लिएको ४० हजार रुपैयाँले जस्तापाता किनेर छाना छाएको चौधरीले बताइन्। ,यो खबर आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.