विप्लव समूहसँगको वार्ताले औपचारिकता पाउन सकेन : सोमप्रसाद पाण्डे

विप्लव समूहसँगको वार्ताले औपचारिकता पाउन सकेन : सोमप्रसाद पाण्डे

२ साउन, काठमाडौँ ।
राजनीतिक वार्ता टोलीका पुर्व संयोजक सोमप्रसाद पाण्डेले नेत्र विक्रम चन्द विप्लव समूहसँग वार्ता भएपनि त्यसले औपचारिकता पाउन नसकेको बताएका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आफुलाई सरकारले दिएको संयोजकको जिम्मेवारीको समय सकिएकाले धेरै पटक विप्लव समूहका नेताहरुसँग अनौपचारिक वार्ता र छलफल भएपनि औपचारिता प्राप्त गर्न नसकेको बताएका हुन् ।

सरकारले पाण्डेको संयोजकत्वमा २०७५ साल भदौ ८ गते उच्चस्तरीय राजनीतिक वार्ता टोली बनाएको थियो । संयोजकका लागि पाण्डेलाई सरकारले दिएको समय सकिएको छ । नेकपाका सांसद समेत रहेका पाण्डेले आफूले विप्लव समूहका केन्द्रीय सदस्य गुणराज लोहनी लगायत पोलिटव्यूरो सदस्यहरुसंग छलफल गरेको भएपनि संचारमाध्यममा आएजस्तो नभएको स्पष्ट पारे ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले कांग्रेस वार्ता तथा संवादको पक्षमा रहेको भन्दै वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखे। राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले राजनीतिक परिर्वतन पछि पनि जनताले चाहे अनुसारको सुशासन कायम हुन नसक्दा समस्या श्रृजना भएको भन्ने कुरालाई ठुला दलका शिर्ष नेता र सरकारले बुझ्नुपर्ने बताए ।

समाजवादी पार्टी, नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारलाई वार्ता मार्फत समस्याको समाधान खोज्न आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.