रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन

२ साउन, विराटनगर ।
विराटनगरकी अर्चना तापडिया रोटरी क्लब अफ विराटनगर डाउन टाउनको १५ औं अध्यक्षकारुपमा पदस्थापन गरिएकी छिन् । स्थानीय अतिथि सदनमा बुधबार आयोजित कार्यक्रमकाबीच अध्यक्ष तापडियासंगै नवनिर्वाचित कार्यसमितिका अन्य पदाधिकारीहरुलाई पदस्थापन गरिएको छ ।

रोटरी क्लब ३२९२ का डिस्ट्रीक गर्भनर किरणलाल श्रेष्ठले उनीहरुलाई पदभारको सपथ ग्रहण गराए । गर्भनर श्रेष्ठबाट सपथ ग्रहण गर्दै तापडीयाले महिला शसक्तिकरणको क्षेत्रमा कामगर्ने प्रतिबद्धता ब्यक्त गरिन् । नवनिर्वाचित रोटरी क्लब अफ विराटनगर डाउन टाउनको १३ जनाको नयाँ कार्यसमितिको उपसभापतिमा संचिता जैन,सचिवमा सोनी नेवटिया,सहसचिवमा अनु सारडा,कोषाध्यक्षमा रचना राठी, क्लब प्रशासन संयोजकमा रेखा राठी,प्रस्ताव सभापतिमा दिप्ती तोदी तथा सेवा परियोजना संयोजकमा सन्तोष तोदी रहेका छन् ।

यसैगरी टीकेएफ चेयर पर्सनमा किरण कर्ण,सदस्यता विस्तार संयोजकमा मधु काबरा,जनसम्पर्क संयोजकमा पुनम राठी,सचेततकमा कुसुम चैनवाला, र सम्पादकमा गिरिजा सारडा रहनुभएको डाउन टाउनकी पुर्व अध्यक्ष सुनिता अग्रवालले जानकारी दिइन् । पदस्थापन कार्यक्रममा क्लबका पुर्व डिस्ट्रीक गर्भनर बासुदेव गोल्यान,डिस्ट्रीक गर्भनर नोमिनी सन्तोष रिजाल,आयोजक क्लबकी इमिडिएट पास्ट प्रेसीडेन्ट अनिता सोनी सहित रोटरी आबद्ध विभिन्न क्लबका पदाधिकारीको सहभागिता थियो ।

रोटरी क्लबहरुले शिक्षा,स्वास्थ्ययका साथै सामुदायिक र आर्थिक उत्थानका सेवा मुलक कार्यक्रमहरु गर्दै आएको जनाइएको छ । निर्वाचित नयाँ कार्यसमितिको १ जुलाईदेखि एक बर्षे कार्यकाल शुरु भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.