२ साउन, विराटनगर ।
विराटनगर– ६ स्थित आशिष ईन्जिनियरिङ उद्योग कारखानाबाट दुधको क्यान चोरी गर्ने र चोरी गरेको क्यान किन्ने दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा शंकास्पद व्यक्ति विराटनगर– ६ का २१ वर्षीय आकाशकुमार साह र क्यान खरिद गर्ने सुवास दुध डेरीका संचालक सोबिन्द्र बिष्ट समेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
साहले गत शक्रबार कारखानाबाट प्लास्टिकको २० लिटरको २ वटा क्यान र ४० लिटरको आल्मुनियमको २ वटा क्यान गरी ४ क्यान चोरी गरी बिष्टलाई बेचेका थिए । साहलाई र विष्टलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।