२ साउन, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–भारतबीच सदियौंदेखि घनिष्ट सम्बन्ध रहँदै आएको बताएका छन् । वरिष्ठ नेता नेपालले भारत र चीन दुई ठूला छिमेकी मुलुकबाट नेपालले सबै क्षेत्रमा लाभ लिन सक्ने पनि स्पष्ट पारे ।
बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष’ विषयक अन्तरक्रियाकार्यक्रममा बोल्दै उनले दुई मुलुकबीच घनिष्ट सहकार्य रहँदै आएको र नेपालको समृद्धिका लागि त्यो सहकार्यलाई अझै बढावा दिँदै जानुपर्ने आवश्यक्ता पनि औँल्याए । कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको समृद्धिका लागिभारतसँगको सहकार्यलाई अझै जोड दिइएको बताए । उनले दुई मुलुकबीच पर्यटन र व्यापार क्षेत्रमा उल्लेख्य वृद्धि गर्न नेपालले चाहेको पनि स्पष्ट पारे ।
कार्यक्रममा नेपालकालागि भारतीय राजदुतमंजिवसिंह पुरीले नेपालको समृद्धिका लागि भारत सरकार, त्यहाँका व्यापारीहरु जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताएका थिए । उनले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध रहि आएको र त्यसलाई अझै सुदृढ बनाउँदै लैजान भारत सरकार तयार रहेको पनि बताए । राजदुत पुरीले नेपाली जनतालाई विपत्तिमा साथ दिन पनि भारत सरकार सदा तत्पर रहेको बताए ।