३ साउन, काठमाडौँ ।
संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्तामा बस्न सकिने अडान राखेका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले शक्ति संचयका लागि हुने पनि छलछामका लागि सरकारले सो समूहसँग वार्ता गर्न नसक्ने पनि स्पष्ट पारे । बिहीबार आफ्नै मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले हिंसालाई बैधानिकता दिने गरी सरकार सो समुहसँग वार्तामा बस्न नसक्ने पनि दोहो¥याए । मुलुकले यस अघि पनि हिंसा झेलेकाले त्यसको पुनरावृत हुने गरी कुनै पनि खालको गतिविधि सरकारले नगर्ने मन्त्री बास्कोटाको अडान छ ।
मन्त्री बास्कोटाले कार्यकर्ताको रिहा गर्ने, मुद्दा फिर्ता गराउने नियतका साथ पनि वार्ताको प्रस्ताव आउन सक्ने भन्दै सरकार त्यसप्रति सचेत रहेको पनि बताए । उनले अनौपचारिक वार्ता सो समूहसँग विभिन्न कोणबाट भईरहेको स्विकार पनि स्विकार गरे ।