३ साउन, खोटाङ ।
खोटाङको हलेसि तुवाचुङ नगरपालिका–७ का ४० बर्षीय गणेश बि.क.को भीरबाट लडेर मृत्यु भएको छ । बिहीबार अपरान्ह ५ बजे घरबाट दुध बेच्न भनी हलेसी बजार तर्फ हिडेका बि.क. दुध बेचेर फर्कने क्रममा बाटोमा रहेको तारेभिरबाट अचानक लडेका थिए ।
भीरबाट करिब २०० मिटर तल खस्दा बि.कको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । बि.कको शव परीक्षणको लागि जिल्ला अस्पताल खोटाङ पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।