३ साउन, काठमाडौँ ।
अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी आरएल शाह अभिनित चलचित्र ‘मारुनी’ को दोस्रो गीत सार्वजनिक भएको छ ।नवल नेपाल निर्देशित सो चलचित्रको ‘सक्दिन म बाँच्न’ बोलको रोमान्टिक गीत शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो ।
गीतमा फिल्मका मुख्य अभिनेता पुष्प र अभिनेत्री साम्राज्ञी रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा पुष्प र साम्राज्ञीको बोल्ड अवतार र मेकिङ्गले सजिलै मन लोभाउँछ ।
मेलिना राईको स्वर रहेको गीतमा अर्जुन पोखरेलको सङ्गीत र सुरेश वाग्लेले शब्द रहेको छ ।भाद्र १३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मारुनी’ले त्रिकोणात्मक प्रेमको कथा बोकेको छ ।
पुनम गौतमले निर्माण गरेको चलचित्रले नारी संवेदना र महिलाको जीवनलाई प्राथमिकता दिएको बताइएको छ । चलचित्रमा सुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्रको पहिलो गीत ‘जाम्न माया जाम’ ले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।