काममा ढिलाई गर्ने कर्मचारीलाई कारबाही गर्न सांसदहरुको माग

काममा ढिलाई गर्ने कर्मचारीलाई कारबाही गर्न सांसदहरुको माग

३ साउन, काठमाडौँ ।
प्रतिनिधिसभाका सांसदहरुले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसदद्धय झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

सत्तारुढ नेकपाका सांसद समेत रहेका रावलले शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरुले विगतमा भन्दा बढि सास्ती व्यहोर्नुपर्ने अवस्था आउनेतर्फ पनि सरकारलाई सचेत गराएका छन् ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले कर्मचारीहरुले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कार्वाहीको व्यवस्था गर्नुपर्ने माग पनि सरकारसँग गरेका छन् । सांसद कँडेलले कर्मचारीहरुलाई आफ्नो दायित्व पूरा नगरे कार्वाही गर्ने कानुनी व्यवस्था नभएकै कारण मुलुक भ्रष्टाचारको दलदलमा फसेको पनि स्मरण गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.