भिसीटिएसविरुद्ध मोरङका उद्योगी व्यापारीको धर्ना

भिसीटिएसविरुद्ध मोरङका उद्योगी व्यापारीको धर्ना

३ साउन, विराटनगर ।
सरकारले आवश्यक पूर्वाधारको विकास नगरी ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ लागू गरेको भन्दै मोरङका उद्योगी, व्यापारीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका छन् । विराट व्यापार संघको नेतृत्वमा वि–प्लटमा भेला भएका उद्योगी व्यापारीहरुले व्यापारिक एकता आजको आवश्यकता, अव्यवहारिक नयाँ कर नीति खारेज गर, ढुवानीमा लगाइएको भ्याट खारेज गर, कामदारमाथिको अव्यवहारीक प्यान नम्बर खारेज गर लगायतका प्लेकार्डसहित निस्केको ¥यालीले नगरका विभिन्न भागको परिक्रमापछि जिल्ला प्रशासन कार्यालय मोरङमा धर्ना दिइएका हुन् ।

बिहान ११ बजेदेखि १ घण्टासम्म भएको धर्ना कार्यक्रमममा बोल्दै सहभागीहरुले बैंकको ब्याजदर ७ देखि ९ प्रतिशत कायम गर्न माग गरेका थिए । कार्यक्रममा बोल्दै विराट व्यापार संघका अध्यक्ष सुजन थापाले आफ्ना मागहरुलाई सरकारले बेवास्ता गरे सम्पूर्ण उद्योगधन्दा बन्द गरेर बन्दमा उत्रनुको विकल्प नभएको बताए ।

सरकारले लागू गरेको नयाँ कर नीतिले उद्योगी व्यापारीहरु पलायन हुने अवस्थामा पुगेको उनीहरुले गुनासो गरेका छन् । यस्तै १ हजार रुपैयाँभन्दा बढी ज्याला भुक्तानी गर्नु परेमा सम्बन्धित ज्यालादारी कामदारको प्यान नम्बर आवश्यक पर्ने प्रावधान अव्यावहारिक भएको भन्दै उक्त प्रावधान खारेज गर्न उनीहरुले माग गरेका छन् । उनीहरुले प्रशासनमार्फत सरकारलाई समेत ज्ञापनपत्र पठाइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.