सिटीइभीटीको काम कारबाहीप्रति नेकपा महासचिव पौडेलको असन्तुष्टि

सिटीइभीटीको काम कारबाहीप्रति नेकपा महासचिव पौडेलको असन्तुष्टि

३ साउन, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभीटी)को काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।महासचिव पौडेलले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण गर्नुपर्ने सिटिईभीटीको काम चित्तबुझ्दो नभएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

सिटिईभिटी राष्ट्रिय कर्मचारी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई समृद्ध बनाउने गरी आवश्यक जनशक्ति निर्माण हुने गरी आफ्नो काम कारबाहीलाई अघि बढाउन पनि सिटिईभीटीलाई सचेत गराए । उनले सिटिईभीटीको कामलाई प्रभावकारी बनाउने गरी सरकारको तर्फबाट आवश्यक नीतिगत, कानुनी र संरचनागत व्यवस्था गर्न आफूले पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

महासचिव पौडेलले जीवन उपयोगी शिक्षा र तालिम दिने उद्देश्यका साथ २०४५ सालमा स्थापना गरिएको सिटीईभिटीले मुलुकको राष्ट्रिय आवश्यकता अनुसारको जनशक्ति निर्माणको कामलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने जरुरी रहेको पनि बताए । उनले शिक्षालाई जीवन उपयोगी बनाएर मात्रै मुलुकको समृद्धि सम्भव हुने भएकाले त्यसमा गम्भीर भएर सोच्न पनि सिटीईभिटीका पदाधिकारीहरुको ध्यानाकर्षण गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.