चट्याङ्गले हानेर ईलाम र झापामा ४ जना घाईते

चट्याङ्गले हानेर ईलाम र झापामा ४ जना घाईते

४ साउन, विराटनगर ।
चट्याङले हानेर ईलाम र झापामा ४ जना घाइते भएका छन् ।

शुक्रबार साँझ साढे ६ बजे ईलामको चुलाचुली गाउँपालिका–३ का ५५ बर्षीय चक्रबिर राईलाई घाँस काट्ने क्रममा अचानक चट्याङले हानेर घाईते भएकोमा बिराटनगरको नोबेल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी ईलामले जनाएको छ ।

यसैगरी झापाको बाह्रदशी गाउँपालिका–६ का २६ बर्षीया सुनिता मुर्मु, ४५ बर्षीया माईन सोरेन र ३४ बर्षीया बिना मुर्मु खेतबाट धान रोपेर फर्कने क्रममा अचानक चट्याङले हानेर घाईते भएका छन् । घाईतेहरुको बि.एण्ड.सी.अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.