विज्ञापनको विरोधमा बन्द गराउँदै हिडेका १५ जना इटहरीबाट पक्राउ

विज्ञापनको विरोधमा बन्द गराउँदै हिडेका १५ जना इटहरीबाट पक्राउ

४ साउन, इटहरी ।
लोकसेवा आयोगले विज्ञापन निकाल्दा विभेद गरेको भन्दै प्रदेश नम्बर १ बन्दको आह्वान गरी बन्द गराउदै हिडेका नेपाल आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई लगायत १५ जना पक्राउ परेका छन् । संघीयता र समानुपातिक समावेशी सिद्धान्तको मर्म विपरित लोक सेवा आयोगले विज्ञापन गरेको भन्दै सोको विरोधमा प्रदेश नम्बर १ बन्दको आह्वान गरेर बन्द गराउँदै हिडेकाहरुलाई सुनसरीको इटहरीबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुप राई , तामाङ घेदुगं संघका चन्द्र तामाङ लगायतका आफना नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् । इटहरी चौक क्षेत्रमा भेला भएर बन्द गराउदै हिडेका १५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले बताएका छन् । उनले अहिले इटहरी क्षेत्रमा निर्वाध रुपमा सवारी यातायात संचालन भईरहेको समेत बताए ।

लोक सेवाको विज्ञापन गर्दा आरक्षण हटाइएको भन्दै आन्दोलन थालेको नेपाल आदिवासी जनजाति महासंघ प्रदेश नम्बर १ ले शुक्रबार लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको इटहरी चौकमा पुत्ला दहन समेत गरेको थियो । लोकसेवा आयोगका विभिन्न सेवा समूहको परीक्षा भने शनिबारबाट सुरु भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.