काठमाडौंको सफाई अभियान १०१ औं दिन पुग्यो

काठमाडौंको सफाई अभियान १०१ औं दिन पुग्यो

४ साउन, काठमाडौँ ।
काठमाडौंको चक्रपथ सफाई अभियान अन्तरगत शनिबार बालाजु चोकदेखि माछा पोखरीसम्मको सफाई गरिएको छ । चक्रपथ सफाई अभियानको १०१ औं दिनको अवसर पारेर शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म बालाजुदेखि माछा पोखरीसम्मको सफाई गरिएको हो ।

घरघरबाट सफाई अभियान संचालन गर्नुपर्छ भन्ने सन्देशका साथ चक्रपथ सफाई अभियानलाई निरन्तरता दिइएको अभियन्ता ताराबहादुर कुँवरले जानकारी दिए । उनले सफाई अभियानमा स्थानीय प्रहरी प्रशासन, विद्यालय, सामाजिक संघ, संस्था र स्थानीय महिलाहरुले बढि साथ दिएको पनि स्पष्ट पारे ।

सफाई अभियानमा पनि स्थानीय प्रहरी र महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । २०७१ सालबाट सुरु गरिएको सो अभियान अन्तरगत हालसम्म कलंकीदेखि माछा पोखरीसम्ममा २७८ ट्रक फोहोर संकलन गरी व्यवस्थापन गरिएको छ ।

अभियन्ता कुँवरका अनुसार गत शनिबार हालसम्म निरन्तर सो अभियानमा सहभागी हुनु भएकाहरुलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपस्थितिमा सम्मान पनि गरिएको थियो । यो अभियान हरेक शनिबार बिहान ७ बजेबाट ९ बजेसम्म संचालन हुदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.