४ साउन, काठमाण्डौ ।
सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ ।
राष्ट्रिय युवा परिषद्ले तयार पारेको ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’को पहिलो संशोधनमा युवाको उमेर १८ देखि ३५ वर्षलार्ई राख्न प्रस्ताव गरिएको छ ।
परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपालमा पनि युवाको उमेर समूहमा पाँचवर्ष कम गरेर परिभाषित गर्न थालिएको बताए । सबै देशमा युवाको उमेर ३५ वर्षभन्दामाथि छैन, उनले भने , त्यही भएर हाम्रो देशमा पनि युवाको उमेर ४० वर्षबाट घटाएर ३५ वर्षलाई राख्ने प्रस्ताव गरेका छौँ । अहिले भने परिषद्को ऐनमा युवाको उमेरको १६ देखि ४० वर्षलाई परिभाषित गरिएको छ ।
युवाको उमेर घटाउने प्रस्तावसहितको ऐन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरिएको छ । परिषद्को ऐनमा युवाको उमेर ३५ वर्ष कायम गरे राष्ट्रिय युवा नीति र युथ भिजन–२०२५ मा पनियुवाको उमेर स्वतः ३५ वर्षमा झारिनेछ । अहिले १६ देखि ४० वर्षसम्मलाई युवाको उमेर मान्दा कूल जनसख्याको ४० प्रतिशत युवाको रहेको छ । नेपालमा १८ वर्षभन्दा मुनिकालाई बालबालिका भनिएकाले नेपालमा १८ वर्षदेखि माथिदेखि नै युवाकालागि प्रस्ताव गरिएको हो । अठार वर्ष पुगेकालाई मतदानको अधिकार समेत दिइने गरिन्छ ।
अन्तर्राष्ट्रिय चलनअनुसार युवाको उमेर नेपालमा पनि ३५ वर्षसम्म बनाउनथ ालिएको हो । अरु देशमा पनि युवाको उमेरलाई ३५ वर्ष मान्ने गरिन्छ । संयुक्त राष्ट्र संघले १५ देखि २९ वर्षसम्मका लागि युवा भनी परिभाषित गरेको छ । छिमेकी मुलुक भारतमा १६ देखि ३२ वर्षलाई युवा भनी परिभाषित गरिएको छ । यसैगरी ऐनमा प्रदेश युवा परिषद् गठन गर्ने प्रस्ताव समेत गरिएको छ ।
देश सङ्घीय संरचनामा गइसकेपछि परिषद्लाई पनि सातवटै प्रदेशमा विस्तार गर्नका लागि प्रदेश युवा परिषद्को व्यवस्था गर्न लागिएको परिषद्का सूचना अधिकारी धु्रवराजपौडेलले जानकारी दिए । उनका अनुसार सातवटै प्रदेश र ७५३ पालिकामा युवा परिषद् गठन गर्न ऐनको मस्यौदा समेत बनाएर पठाइसकेको छ ।