गुठीको जग्गाको विवरण माग

गुठीको जग्गाको विवरण माग

५ साउन, काठमाडौँ ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गुठी संस्थानसँग गुठीको सम्पूर्ण जग्गाको विवरण माग गरेको छ । समितिले आइतबार त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयमा पुगेर गुठीको जग्गाको सम्पूर्ण विवरण उपलब्ध गराउन माग गरेको हो ।

समितिका संयोजक गणपतिलाल श्रेष्ठ नेतृत्वको समितिले संस्थानका अध्यक्ष मिनराज चौंधरीलाई बुझाएको ज्ञापन पत्रमा गुठीका चल/अचल सम्पत्ति र त्यसको कारोबारको विवरण पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । गुठीको जग्गा तथा चल/अचल सम्पत्ति व्यक्तिले आफ्नो नाममा ल्याएर भोग चलन गरिरहेको समाचार बाहिर आउन थालेपछि समितिले त्यसको सम्पूर्ण विवरण उपलब्ध गराउन गुठी संस्थानसँग माग गरेको हो ।

गुठीको जग्गासहितका चल/अचल सम्पत्तिको सम्पूर्ण विवरण गुठी संस्थानसँग माग गरिएको समितिका संयोजक श्रेष्ठले बताए । गुठीको सम्पत्तिको संरक्षण गर्न पनि समितिले गुठी संस्थानसँग सो विवरण माग गर्नु परेको पनि संयोजक श्रेष्ठको स्पष्टिकरण छ ।

यता, गुठी संस्थानका अध्यक्ष चौधरीले कार्यालयमा उपलब्ध भएको गुठीको सम्पत्तिको सम्पूर्ण वितरण समितिलाई बुझाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले ६९ वटा जिल्लामा गुठीहरु रहेकाले त्यसको तथ्यांक संकलन गर्न भने केही समय लाग्ने पनि स्पष्ट पारेका छन् । समितिका संयोजक श्रेष्ठले गुठी संस्थानलाई गुठीको जात्रा, पर्वमा दिने गरेको खर्चको विवरण पनि माग गरिएको बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.