साफ उपविजेता महिला फुटबल टोलीलाई भोलि विराटनगरमा सम्मान गरिने

साफ उपविजेता महिला फुटबल टोलीलाई भोलि विराटनगरमा सम्मान गरिने

५ साउन, विराटनगर ।
गत चैतमा विराटनगरमा सम्पन्न साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । साफको उपविजेता महिला टिमलाई महानगर र प्रदेश सरकारले पूर्व घोषित निर्णयअनुसार सोमबार सम्मान गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी गराए ।

सम्मानित हुने नेपाली महिला टोली आइतबार नै विराटनगर आईपुगेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले साफ जिते महिला टिमका सदस्यलाई जनही २ लाख दिने र उपविजेता नै भएपनि खेलाडीको हौसला स्वरुप जनही १–१ ले रुपैया दिने घोषणा गरेका थिए । त्यस्तै विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले महिला टिमलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेका थिए ।

घरेलु भूमि विराटनगरमा आयोजना भएको महिला साफ च्याम्पियनसिपको फाइनलमा भारतसँग ३–१ ले पराजित हँुदै उपविजेतामा सिमित बनेको थियो । नेपाललाई उपाधिको लागि भारत तगारो बन्दै आएको छ । चौथो संस्करणबाहेक सबै संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । चौथो संस्करणमा नेपाल सेमिफाइनलमै पराजित भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.