बैदेशिक रोजगारीमा एक वर्षमा ७५३ नेपालीले ज्यान गुमाए

बैदेशिक रोजगारीमा एक वर्षमा ७५३ नेपालीले ज्यान गुमाए

५ साउन, २०७६

गएको आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक रोजगारीका क्रममा ७५३ नेपाली कामदारले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

सबैभन्दा बढी मलेसियामा ५ महिला सहित २ सय २९ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । बोर्डकाअनुसार साउदी अरबमा एक महिलासहित १९४ र यूएईमा १० महिलासहित ८५ जनाले ज्यान गुमाएका छन् । कुवेतमा २९ जना र कोरियामा २० जनाले रोजगारीको क्रममा ज्यान गुमाएको बोर्डको तथ्याँक छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा ज्यान गुमाउनेको सख्या भने घटेको छ । आर्थिक वर्ष २०७४,७५ मा ८ सय २१ जना नेपाली कामदारले वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका थिए ।

आर्थिक वर्ष २०७५,७६ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारहरुलाई सरकारले ४८ करोड ४९ लाख ४० हजार रुपैयाँ क्षतिपूर्ति र मृतकका छोरा छोरीलाई १ करोड ६८ लाख रुपैयाँ बराको छात्रवृत्तिको दिएको वैदेशिक रोजगार बोर्डका सूचना अघिकारी दिनबन्धु सुवेदीले जानकारी दिए ।

यस्तै वैदेशिक रोजगारीका क्रममा ३३५ जनाको अंगभंग भएको छ । अंगभंग हुनेको लागि सरकारले ९ करोड १४ लाख रुपैयाँक्षतिपूर्ति प्रदान गरेको बोर्डले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.